तथ्य जाँच र स्रोत प्रमाणीकरण (भाग १)
२०७८ साल चैत्र १३ गते साँझ ६:०० बजे देखि ७:३० बजे (नेपाल समय)
यस सत्रमा अनलाइन प्रमाणीकरणसँग सम्बन्धित नयाँ विषय र अभ्यासहरू प्रस्तुत गरिनेछ । यसले नि:शुल्क गुगल टुल, तथ्य-जाँचकर्ताहरूले समाचारहरू जाँच्न र ठगीहरू पत्ता लगाउनका लागि विश्वव्यापी रूपमा प्रयोग गर्ने उत्कृष्ट उदाहरणहरूकाे पनि जानकारी दिनेछ । यस सत्रले निम्न विषयहरूलाई समेट्नेछ:
- न्यूजरूमका सामान्य गल्तीहरू
- रिभर्स फाटाे /भिडियो खोज्ने तरिका
- डिपफेक्स
- सामाजिक मिडियामा निगरानी
- सोर्सिङ र एट्रिब्युसन
तथ्य जाँच र स्रोत प्रमाणीकरण (भाग २)
२०७८ साल चैत्र १४ गते साँझ ६:०० बजे देखि ७:३० बजे (नेपाल समय)
यो दोस्रो सत्र कार्यशालाको भाग १ को निरन्तरता हाे । पहिलो सत्रमा समेटिएका धारणाहरू बारे सहभागीहरूकाे प्रश्नहरूको जवाफ दिने र पहिले सत्रमा समावेश नगरिएका नयाँ टुल र उत्कृष्ट अभ्यासहरू यस सत्रमा प्रस्तुत गरिनेछन् ।
प्रशिक्षक
रजनीश भण्डारी मल्टिमिडिया एवम् खोज पत्रकार र सम्पादक हुन् । उनले बनाएका मल्टिमिडिया समाचारहरू न्यु योर्क टाइम्स, नेसनल ज्योग्राफिक, अलजजिरा, बीबीसी रीललगायत अन्य आउटलेटहरूमा पनि छापिएका छन् । रजनीश हाल नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्कका संस्थापक, प्रमुख सम्पादक र सीईओ हुन् । यस संस्थाले पत्रकारहरूलाई खोज समाचारहरू उत्पादन गर्न र खोज मल्टिमिडियासम्बन्धि बृहत् रिपोर्टिङ तालिम र मेन्टरसिप प्रदान गर्दछ। ।
यस नि:शुल्क अनलाइन सत्रको लागि यहाँ दर्ता गर्नुहोस्
गुगल न्युज इनिसिएटिभकाे बारेमा: गुगलको मिशन संसारको जानकारी व्यवस्थित गर्नु र यसलाई विश्वव्यापी रूपमा पहुँचयोग्य र उपयोगी बनाउनु हो। गुगल न्युज इनिसिएटिभ डिजिटल युगमा पत्रकारितालाई फस्टाउन मद्दत गर्न समाचार उद्योगसँग काम गर्ने हाम्रो प्रयास हो। गुगल न्युज इनिसिएटिभ अन्तर्गतको गुगल न्युज ल्याब सूचनाको वितरण र सिर्जनालाई समर्थन गर्नको लागि बनाइएकाे हाे । यसले हामी सबैलाई आज हाम्रो संसारमा के भइरहेको छ – गुणस्तरीय पत्रकारिताको बारेमा जानकारी दिन्छ। आजका समाचार संस्थाहरू र मिडिया उद्यमीहरूले समाचार सामग्री पत्ता लगाउन, सिर्जना गर्न र वितरण गर्न नयाँ तरिकाहरू आविष्कार गर्दै छन् – र मद्दत गर्न डिजाइन गरिएका उपकरणहरू, डेटा र कार्यक्रमहरू प्रदान गर्न हामी कार्यरत छौं। थप जानकारीको लागि, g.co/newsinitiative मा जानुहोस्।