एएजेए-एसिया र गुगल न्युज इनिसियटिभ (जिएनआई) ले एशियाका पत्रकारहरूलाई उनीहरूको रिपोर्टिङ सीप सुधार गर्न र समाचार सङ्कलन, तथ्य जाँच, रिपोर्टिङ र स्टोरीटेलिङमा नवीनतम डिजिटल टुलहरू प्रयोग गर्न नि:शुल्क प्रशिक्षण प्रदान गर्न सहकार्य गरेकाछन्। डिजिटल मिडिया फाउण्डेशनले स्थानीय आयोजकका रूपमा नेपालमा यो कार्यशाला गर्दैछ ।
आगामी कार्यक्रमहरू:
पत्रकारहरूको लागि डिजिटल टुल (भाग १)
२०७८ साल चैत २० गते बिहान ११ः३० बजे देखि दिउँसो १:०० बजे (नेपाल समय)
स्थान: युनियन हाउस, अनामनगर, काठमाडौं
यो सत्रले पत्रकारहरूले समाचार पत्ता लगाउने, भिजुअलाइज गर्ने र सम्प्रेषण गर्ने नयाँ र नि:शुल्क अनलाइन टुलहरू र तीनलाइ प्रयाेग गर्ने विधिकाे बारेमा जानकारी दिनेछ । कार्यशालाले अनलाइन समाचार ट्रेन्ड खोज्ने, निगरानी गर्ने र समाचार भन्ने तरिका सुधार गर्न जियाे-लाेकेशन र भिजुअलाइजेसन टुल कसरी प्रयोग गर्ने भन्नेमा केन्द्रित हुनेछ। यसले निम्न टुल/विषयहरूलाई समेट्नेछ:
- गुगल ड्राइभ र यसका टुलहरू
- वृहत खोज
- गुगल ट्रेन्ड
- गुगल अलर्टहरू + अभिलेख गर्ने
- अनुगमन गर्ने तरिका
पत्रकारहरूको लागि डिजिटल टुल (भाग २)
२०७८ साल चैत २० गते दिउँसो १ः३० बजे देखि ३:०० बजे (नेपाल समय)
स्थान: युनियन हाउस, अनामनगर, काठमाडौं
यो दोस्रो सत्र कार्यशालाको भाग १ को निरन्तरता हाे । पहिलो सत्रमा समेटिएका धारणाहरू बारे सहभागीहरूकाे प्रश्नहरूको जवाफ दिने र पहिले सत्रमा समावेश नगरिएका नयाँ टुल र उत्कृष्ट अभ्यासहरू यस सत्रमा प्रस्तुत गरिनेछन् ।
प्रशिक्षक
काठमाडौं स्थित पत्रकार प्रवेश सुवेदी सञ्चार अनुसन्धान र प्रशिक्षणमा पनि संलग्न छन् । अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष (सन् २०१४-२०१७) सुवेदी हाल डिजिटल मिडिया फाउण्डेशनमा अध्यक्ष छन् । गएको दुई दशकमा कान्तिपुर पब्लिकेशन्स, हिमालय टाइम्स र मिडिया चौतारीमा आबद्ध भएर पत्रकारिता गरेको अनुभव छ । उनले नेपाल सरकारका विभिन्न निकायमा सूचना प्रविधि र सञ्चार विज्ञको रूपमा काम गरेका छन् ।
यस नि:शुल्क सत्रको लागि यहाँ दर्ता गर्नुहोस्
तथ्य जाँच र स्रोत प्रमाणीकरण (भाग १)
२०७८ साल चैत २१ गते बिहान ११ः३० बजे देखि दिउँसो १:०० बजे (नेपाल समय)
स्थान: युनियन हाउस, अनामनगर, काठमाडौं
यस सत्रमा अनलाइन प्रमाणीकरणसँग सम्बन्धित नयाँ विषय र अभ्यासहरू प्रस्तुत गरिनेछ । यसले नि:शुल्क गुगल टुल, तथ्य-जाँचकर्ताहरूले समाचारहरू जाँच्न र ठगीहरू पत्ता लगाउनका लागि विश्वव्यापी रूपमा प्रयोग गर्ने उत्कृष्ट उदाहरणहरूकाे पनि जानकारी दिनेछ । यस सत्रले निम्न विषयहरूलाई समेट्नेछ:
- न्यूजरूमका सामान्य गल्तीहरू
- रिभर्ष फाटाे /भिडियो खोज्ने तरिका
- डिपफेक्स
- सामाजिक मिडियामा निगरानी
- सोर्सिङ र एट्रिब्युसन
तथ्य जाँच र स्रोत प्रमाणीकरण (भाग २)
२०७८ साल चैत २० गते दिउँसो १ः३० बजे देखि ३:०० बजे (नेपाल समय)
स्थान: युनियन हाउस, अनामनगर, काठमाडौं
यो दोस्रो सत्र कार्यशालाको भाग १ को निरन्तरता हाे । पहिलो सत्रमा समेटिएका धारणाहरू बारे सहभागीहरूकाे प्रश्नहरूको जवाफ दिने र पहिले सत्रमा समावेश नगरिएका नयाँ टुल र उत्कृष्ट अभ्यासहरू यस सत्रमा प्रस्तुत गरिनेछन् ।
प्रशिक्षक
काठमाडौं स्थित पत्रकार प्रवेश सुवेदी सञ्चार अनुसन्धान र प्रशिक्षणमा पनि संलग्न छन् । अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष (सन् २०१४-२०१७) सुवेदी हाल डिजिटल मिडिया फाउण्डेशनमा अध्यक्ष छन् । गएको दुई दशकमा कान्तिपुर पब्लिकेशन्स, हिमालय टाइम्स र मिडिया चौतारीमा आबद्ध भएर पत्रकारिता गरेको अनुभव छ । उनले नेपाल सरकारका विभिन्न निकायमा सूचना प्रविधि र सञ्चार विज्ञको रूपमा काम गरेका छन् ।
यस नि:शुल्क अनलाइन सत्रको लागि यहाँ दर्ता गर्नुहोस्
गुगल न्युज इनिसिएटिभकाे बारेमा: गुगलको मिशन संसारको जानकारी व्यवस्थित गर्नु र यसलाई विश्वव्यापी रूपमा पहुँचयोग्य र उपयोगी बनाउनु हो। गुगल न्युज इनिसिएटिभ डिजिटल युगमा पत्रकारितालाई फस्टाउन मद्दत गर्न समाचार उद्योगसँग काम गर्ने हाम्रो प्रयास हो। गुगल न्युज इनिसिएटिभ अन्तर्गतको गुगल न्युज ल्याब सूचनाको वितरण र सिर्जनालाई समर्थन गर्नको लागि बनाइएकाे हाे । यसले हामी सबैलाई आज हाम्रो संसारमा के भइरहेको छ – गुणस्तरीय पत्रकारिताको बारेमा जानकारी दिन्छ। आजका समाचार संस्थाहरू र मिडिया उद्यमीहरूले समाचार सामग्री पत्ता लगाउन, सिर्जना गर्न र वितरण गर्न नयाँ तरिकाहरू आविष्कार गर्दै छन् – र मद्दत गर्न डिजाइन गरिएका उपकरणहरू, डेटा र कार्यक्रमहरू प्रदान गर्न हामी कार्यरत छौं। थप जानकारीको लागि, g.co/newsinitiative मा जानुहोस्।